Some important websites for ELT (English Language Teaching)

download

  1. http://www.teachit.co.uk/
  2. www.teachitworld.com
  3. www.teachitprimary.co.uk
  4. www.citizenshipteacher.co.uk
  5. www.teachitmaths.co.uk
  6. www.teachitlanguages.co.uk
  7. www.teachitgeography.co.uk
  8. www.teachithistory.co.uk
  9. www.teachingenglish.org.uk/teaching-resources
  10. www.onestopenglish.com/
  11. www.teachers.guardian.co.uk/subject/english.aspx
  12. www.geoffbarton.co.uk/
  13. www.mes-english.com/
  14. http://www.365promises.com/
  15. http://www.readingquest.org/
  16. http://www.eslhq.com/forums/worksheets/esl-worksheets/
  17. http://www.teachingenglish.org.uk/language-assistant/games
  18. http://www.english-4kids.com/games.html
  19. http://www.celea.net/
  20. http://www.teachertrainingvideos.com/elllo/index.html
  21. http://www.elllo.org/
  22. http://iteslj.org
  23. http://primaryclass.co.uk/pages/resourceeng.html#key
  24. http://www.eslsite.com
  25. http://www.teflvideos.com/
  26. http://edition.tefl.net/
Advertisements

He

bald maths teacher

He is a teacher, a public high school math teacher, who has been teaching for more than two decades. His forehead has done a vast amount of encroachment on his head. The continually increasing area of his forehead and black hairs turning greyish white are the only proof that he is growing old.

Nothing has changed except for his forehead and his hairs.

His voice.

His sense of humour.

Always same, always charming and always cheap.

His moral lessons and life plan are simple. He wants to spank his pupils but cannot. The education system does not allow him.

He complains. He was a respected teacher in his youth. A spanking stick was enough for a good teacher like him. He recalls how he spanked his pupils and they all respected him. A stick was enough for discipline. Homework in time. No fight. No bullying.

He is not happy with I/NGOS and bideshi. They snatched his right to use a stick. He detests training. He is no more a respected teacher.

He bitterly expresses his dissatisfaction, ‘The training are good for nothing. They are making us inefficient.’

His colleagues laugh. He laughs. Everyone laughs.

He likes making fun of foreigners and trainers. He has no interests in their expertise and their suggestions. Neither do they. He asks their ages and laughs.

Tears of JOY !

tears_of_joy_by_lowoncash1-d5iqmdq

“I have realised that I do not need to climb Mount Everest to reach the unreachable. I do not need to flood the whole of Nepal with my kindness. What I need to do is to reach these people. Be a small candle of transformation.”


‘Can you tell more about you and your family? my friend asked an elderly woman on whose lap an eight-year-old grandson was sitting quietly. ‘His father died some years ago and mother left him with me and took another man. I’m taking care of him’, she answered with sobs.

This conversation took place in a private school of Palpa where KISC EQUIP has been training teachers and school leaders, distributing scholarships to needy children, working for classroom libraries, mini-science-labs and conducting parent seminars. The amount of money given as scholarship doesn’t match the joy it brings to these downtrodden people. They might have a hope to see their children get a good education and turn into ‘THULO MANCHHE’ ( a great person). The tears rolling down on her cheeks clearly foreshadowed the joy of distant dream coming true.

I hardly understand the science of TEAR, but I can differentiate between sorrow and the joy it portrays. This grandmother’s bright face was loudly telling she was more than happy. She showed her gratitude with her hands joining together for NAMASTE (a gesture for greeting in Nepali). Other two mothers whose children were receiving scholarship echoed the same gratitude and story. I didn’t have time to ponder, before this, on the impact of seemingly a little amount of money for these village children and their family. I can now clearly visualise their family enjoying their dinner (DAL BHAT) with tears of joy, telling their neighbour about it and blessing the child for his/her bright future.

How much is enough for happiness? What makes a person happy? The answer is simple: a little love, generosity and kindness. Some generous people are making this scholarship possible. They are the real heroes who spare a little amount possible to give away. They might not know what that money can do. They surely do not intend to induce sobs and tears, but it happens. It brings joy and happiness to poor villagers. It helps them to realise their dream.

I have realised that I do not need to climb Mount Everest to reach the unreachable. I do not need to flood the whole of Nepal with my kindness. What I need to do is to reach these people. Be a small candle of transformation. Spare a little amount of money and give away! A thousand rupees can change a life and can force someone to bring TEARS of JOY!

एउटा सपनाको अवसान

father and son

“कान्छी ! ए कान्छी ! छोरो कता गएछ हँ ?” काँधको कोदालो आागनमा राख्दै हर्केले सोध्यो । “होला नि त्यतै तिर खेल्दै ! घरमा आइपुग्न पाको छैन इनलाई छोराकै चिन्ता छ । ” कान्छीले रिसाएझैँ अनुहार पारेर भनी ।

कान्छी र हर्केको वैवाहिक जीवनको दशौँ वर्ष बितिसकेको छ । विवाह भएकै साल छोरो जन्मेको थियो । छोरो अहिले नौ वर्ष पुगेर दश वर्ष लागेको छ ।

कान्छीले लोहोटामा ल्याइदिएको पानीले हात धोएर दौराको फेरले हात पुछेर हर्के विगतका स्मृतिमा हराउँछ । दश वर्ष अगाडिका ती दिनहरु आँखा अगाडि सलबलाएर आउन थाले ।

“हर्के ! साइत पनि मंशिर १४ मा परेछ , पण्डितबाजेले राम्रो साइत जुराइदिएका छन् ।” बुबाले खुसी हुँदै हर्केलाई सुनाएथे । हर्के लाजले रातो भयो । विवाहको कुराले उसको मनमा कुत्कुती लाग्यो । रातो अनुहार लगाएको देखेर आमाले “हेर, छोरी जस्तो पो लजाउाछ ए, यो हर्के त !” भन्दै जिस्काएकी थिइन् ।

मंशिर १४ मा हर्केको घरमा छुट्टै चहलपहल थियो । हर्के बेहुलो बनेर तामदानमा चढ्यो । जन्ती चार घण्टाको दुरीमा पर्ने बेहुलीको घरतर्फ लाग्यो । बुबाको आँखामा देखिएको ज्योति उसले महशुस गरेको थियो । घरमा पहिलोपल्ट बुहारी भित्र्याउन लागेको खुशी हर्केकी आमाको चुरीफुरीमा पनि स्पष्ट देखिन्थ्यो । हर्केलाई लाग्यो उसले जिन्दगीमा गरेको सबैभन्दा राम्रो काम नै त्यहि विवाह थियो जसले उसका बा आमा दुवैलाई खुशी पारेको थियो ।

कल्पनामा हराउने कक्रममा हर्केको अनुहार पनि एकाएक हँसिलो बनेर आयो । उसका आाखामा रौनक छायो । यो एकाएक आएको खुसी देखेर हर्केकी श्रीमतीले हर्केलाई जिस्काई,“के हो कृष्णेका बा अनुहार त उज्यालो बनाउनुभो नि? ” उसले थाहा नपाएझौ गरेर टार्‍यो ।

“कृष्णे १० वर्षको भइसक्यो तर यसको बरालिएर हिाड्ने बानी कहिल्यै गएन है कृष्णेका बा ?” श्रीमतिले आफ्नो गुनासो पोखी । हर्के झसड्ड भो, “हत्तेरिका ! हो त नि । पाठशालामा भर्ना भर्न पनि टाढा छ, अब त यो ठूलो भो, भर्ना गर्दिनुपर्ला । यसलाई पढाएर ठूलो मान्छे बनाउनुपर्छ बुझिस् बुढी । ” चम्किला आाखा पार्दै श्रीमति तर्फ हेऱ्यो । श्रीमति छक्क परी । हर्केको मनमा के कुरा खेलिरहेको छ, उसले बुझ्नै सकिन ।

हर्केको घरको आर्थिक हैसियत राम्रो थिएन तर पनि उसभित्र छोरो पढाउने जाँगर थियो । उसले जसोतसो पाठशालमा लगेर भर्ना गरिदियो । दश वर्ष पुगेको आफ्नो छोरो कक्षा एक मा भर्ना गर्नुपर्दा उसलाई ननिको लाग्यो । हर्के आफू साधरण लेखपढ गर्न जान्दथ्यो । छोरालाई स्कुल भर्ना गरेको दिनदेखि दैनिक बेलुका छोरालाई पढाउनु उसको जिम्मेबारी भयो । छोराले बाह्रखरी पढेको र लेखेको देख्दा ऊ मख्ख पथ्र्यो । ऊ मनमनै छोराको भविष्य सुन्दर बन्ने छ भन्ने कुराले गद्गद् हुन्थ्यो ।

कृष्णेले पढाइमा राम्रो गर्दै गयो । एस.एल.सी. (प्रवेशिका) परीक्षा प्रथम श्रेणीमा पास भयो । हर्केले त्यो दिन मनमनै ईश्वरलाई धन्यवाद चढायो । राती धेरैबेर निदाएन । ऊ कहिले यता त कहिले उता पल्टिरहेको थाहा पाएर उसकी श्रीमतिले सोधी, “हैन ए कृष्णेका बा, तपाईँलाई किन निद लागेन ? सुत्नोस् । ” ऊ केहि बोलेन । भोलिपल्ट बिहानै गाइबस्तुको कुँडो बनाउादै उसले कुष्णेकी आमालाई भन्यो “हेर् बुढी यस ठाउामा बसेर छोराको भविष्य बनाउन सकिन्न, तराईतिर जानुपर्ला भन्ने सोचिरहेको छु । यसो उब्जनी पनि राम्रो हुन्छ, छोरोले राम्रो कलेजाा पढ्न पनि पाउाछ ।” ऊ बोलिन । उसलाई यो कुरा त्यती निको लागेन ।

केहि महिना पछि हर्केको परिवार गाउाको ओरालो लाग्यो । छिमेकीहरुको शुभेच्छा लिएर उसको परिवार तराई बसाईँ सर्‍यो । भारी मन लिएर हर्केले गाउालाई बिदा गर्‍यो । ऊ हुर्केको, बढेको र आफ्नो सुन्दर परिवार बसाउने सपना बोकेको हर्के छोराछोरीको भविष्यको खातिर छोड्यो । कृष्णेले पनि राम्रै गर्‍यो । बि.ए. पास गरेपछि एम.ए. पढ्नु पर्छ भनी काठमाडौा हिाड्यो । छोरोलाई बिदा गरेपछि सपना साकार भएको सम्झी हर्केले हर्षका आँशु झार्‍यो । “ल राम्ररी पढ्नू, राम्रो कमाई गर्नू, बूढाबुढीलाई नबिर्सनु ।” उसले यतिमात्र भन्न सक्यो ।

कृष्णे सहरमा गएर राम्ररी कमाइ गर्छ, प्रगति गर्छ र उसलाई सुख दिन्छ भन्ने उसको सपनामा बिस्तारै तुषारापात हुन थाल्यो । कृष्णेले सहरमा राम्ररी पढ्न सकेन । काठमाडौाको तीन हजारको जागिरले नत उसले आफूलाई पाल्न सक्यो नत पढ्न नै । हरेक महिना छोराको तलबको आशा गर्ने हर्केमा निराशा छाउन थाल्यो । ऊ बिस्तारै बोल्न, काम गर्न पनि छाड्यो । काठमाडौँले उसको सपना खरानी बनाएको जस्तो उसलाई लाग्न थाल्यो । बिस्तारै उसमा छटपटी बढ्न थाल्यो । उसमा अब कुनै सपना बााकी नरहेको जस्तो उसलाई लाग्न थाल्यो । ऊ बिरामी पर्न थाल्यो । “कृष्णेकी आमा यो सबै कुरा छोरालाई थाहा नदे । ” उसले श्रीमतिलाई कसम खुवायो ।

त्यसको केहि महिना पछि जे नहुनु थियो, त्यही भयो । हर्केले संसार त्याग्ने बिचार गर्‍यो । नाम्लोको सहारामा गाईको गोठमा उसले आफ्नो भौतिक शरीरलाई छोडेर सदाको लागि बिदा भयो ।

आखिर दोष कसको ? हर्केको… ? कृष्णेको… ? कृष्णेकी आमाको… ? हर्केको सपनाको… ? काठमाडौँको …………… ?

पानी माथीको यात्रा एक जीवन संघर्ष

 

 

gayatri

                              { लेखककाे अनुमतिमा निजकाे फेसबुक पेजबाट साभार}

गायत्री दाहाल
माहाङ्काल–*, सुन्दरीजल
(हाल जोरपाटी)

प्रकृतिले भरिभराउ सुन्दर देश नेपाल । विभिन्न भाषा, जाति र समुदायको संगम स्थल नेपाल । नेपालको पनि एक मनमोहक स्थल सुन्दरीजलमा जन्मीएकी म । कक्षा ७ मा पढ्दै थिए । दशैँको रमझम थियो । म पनि दशैँको रमझममा रमाउदै थिएँ । गाउँमा पिङ हालिएको थियो । पिङ खेल्ने क्रममा म पिङबाट लड्न पुगेँ । मेरो मेरुदण्ड भाच्चिएर स्पाइनल कर्ड इन्जुरी हुन पुगेछ । स्पाइनल कर्ड इन्जुरी भई कसरी अपाङ्गता बन्छ ? भन्ने जीवन यात्राको बारेमा मलाई थाहा थिएन ।

मानिसको जीवनमा कतिखेर के हुन्छ थाह हुदैन रहेछ । आजको शारीरिक सकुसल मान्छे भोली शारीरिक विचलन ग्रस्त हुन सक्दो रहेछ । म यो भन्दा डगमगाउँदिन भनेर घमण्ड नगर्नुहोला । म पनि मेरुदण्ड भाचिएर अपाङ्ग हुन पुगेकी महिला हुँ । मेरो शरीरलाई अपाङ्ग बनाउने इच्छा थिएन । पढेर केहीँ गर्ने इच्छा थियो । तर पढ्न सकिन । पढ्ने रहर हुँदा हुँदै पनि यो मनको इच्छालाई कुण्ठित गराएर बसेँ । मैले शारीरिक संघर्ष गरेर एस.एल.सी. त पास गरेँ । त्यो भन्दा माथी पढ्नको लागि मैले कुनै कलेज अपाङ्मैत्री भेट्न सकिन । बाध्य भएर यति मै सीमित हुन पुगेँ ।
पहिला पहिला म जस्ता अपाङ्ग मानिस, अरू छैनन् कि जस्तो लाग्थ्यो मलाई । म जस्तो मान्छेसँग मेरो सम्पर्क नै थिएन । म नै यो संसारमा जन्मिएकाहरू मध्ये सबैभन्दा पीडित र दुःखी रहेछु जस्तो लाग्थ्यो । आफ्ना मनका कुराहरू साट्न नपाउदा मन बेचैन हुन्थ्यो । बच्चा अवस्थाबाट जवानीको शुरूवातमा टेकेको म । फेरि बच्चा अवस्थामा नै पुगेँकी थिएँ । जुन ठाउमा मेरो मेरुदण्ड भाचिएको थियो त्यो भन्दा तल्लो भाग काम नलाग्ने भएको थियो । दिशा र पिसाव आएको पनि थाह हुदैन थियो । बाहिरबाट हेर्दा जति राम्रो देखिएता पनि पिँजडा भित्र छटपटिएर बाँचेको क्षणलाई कल्पना पनि गर्न सक्तिन । तर म आज बदलिएको छु ।

हामीहरू नौँ जना मिलेर नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघ खोलेका छौँ । यसमा आवद्ध रहेर काम गर्न पाउनु मेरो अहोभाग्य हो । म जस्ता एउटा अपाङ्ग नारीले चुनौती मोल्न धेरै गाह्रो अवस्था छ । जुन टिमले मलाई विश्वास गरेर काम गर्ने जिम्मा दिनुभएको छ त्यो गर्न सके वा सकिन मलाई थाह छैन तर राम्रो बनाउने कोशिस गरेको छु जस्तो मलाई लाग्छ । पिँजडाबाट निस्केर म जस्ता साथीहरूको लागि काम गर्न पाउदा मलाई गर्वको अनुभूति भएको छ । मलाई पहिला घरबाट निस्कन निकै चुनौतिपूर्ण लाग्थ्यो । तर आज म चुनौति सँग डराउदिन । चुनौतिसँग सामना गर्न सक्ने बनेकी छु । आफ्नो जीवन समस्याको रुपमा हैन सदुपयोग गर्नुमा नै सार्थक जीवन बन्दो रहेछ । आज मैले मानिससँग जति पीडा हुन्छ उसले उति नै ठुलो सफलता पनि हात पार्न सक्दो रहेछ भन्ने सिकेकी छु ।

हाम्रो संस्था यस ठाउँ सम्म आइपुग्नको लागि तिवेतियन भाई छिरिङ्गको ठुलो हात छ । म संस्थामा काम गर्न आउदा हाम्रो संस्थासँग पैसा  थिएन । मैले पहिले देखि नै चिनेको छिरिङ्ग भाईलाई म जोरपाटी आएकी छु भन्ने जानकारी फेसबुक मार्फत दिएँ । म संस्थाdf आएको भाई संस्थाको आर्थिक पाटो खराव छ । मेरो लागि केहीँ सहगोग गर्न सक्छौ कि भनें । भोलिपल्ट नै उसले मेरो नाममा पचास हजार पठाइदियो । त्यो क्षणलाई सम्झदा अहिले पनि मेरो आँखा रसाउँछ । संघर्षशील जीवन यात्रामा सहयोगी हातहरू भेटिदो रहेछ । सहयोगी हातहरू ले नै पिँजडामा बसेको पन्छिलाई उडाउने प्रयास गर्यो । यी सहयोगीहातहरूका कारण पिँजडामा थुनिएको चरी बाहिर डुल्न थालेको छ । यो मेरो पहिलो सफलता मान्दछु ।

अर्को सफलता मेरा जेठा दाजुले जापनिजहरूसँग सम्पर्क गराइदिए पछि भयो । जापनिजहरूले म मार्फत मेरो संस्था नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघलाई तिन ओटा ह्वीलचियर प्रदान गर्यो । ति ह्वीलचियर म जस्ता अपाङ्ता भएका साथीहरूलाई प्रदान गरी सहयोग गर्न पाउनु पनि एउटा सफलताको सिढी मान्दछु । अनि अर्को महत्वपूर्ण सफलता हाम्रो संस्थाले विगत ४ वर्ष यता कुनै सरकारी बजेट पार्न नसकिरहेको अवस्थामा, म मार्फत क्षेत्र नं. ३ का माननिय सभासद् श्री रामेश्वर फुयालज्यूले हामीसँगै खेलकुद मन्त्रालयमा गई परिचय गराइ सहयोग गर्नु भएपछि सरकारी बजेट पर्यो । यसलाई पनि म सफलताको सिढी मान्दछु ।

जसरी हाम्रो संस्था नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघले पिँजडामा बसेको म जस्ता मैना चरीलाई बाहिर ल्याउने प्रयास गर्यो, त्यस्तै नेपालका पिछडिएका क्षेत्रमा बस्ने हरेक मेरुदण्ड भाच्चिएर स्पाइनल कर्ड इन्जुरी भई अपाङ्गता भएका व्यक्तिहरूको लागि पिँजडाबाट बाहिर निकाल्नको लागि सहयोगको खाँचो छ । हाम्रो संस्थाले बास्केटवल खेल मार्फत प्रयास त गरेका छौ तर भने जति गर्न सकिरहेका छैनौँ । गाउँघरका पिँजडामा गुम्सिएर बसेका हरेक नेपाली अपाङ्गता भएका व्यक्तिलाई पिँजडा बाहिर ल्याउन मन लागेको छ मलाई तर त्यसमा तपाईंहरूको सख्त सहयोगको खाचो पर्दछ ।

आज म तपाईंहरू माझ मेरो एउटा संघर्षको अविस्मरणीय घटना सुनाउछु । एकदिन आकाश भाइले स्पाइनल कर्ड इन्जुरी पुनःस्थापना केन्द्र साँगाका सबै स्टाफहरु र्या फ्टिङ्ग जादैछन् भन्ने कुराको जानकारी गराएँ । त्यसो हो भने हामी पनि जाऔँ । शनिवार विदाको दिन नै परेछ भने । अनि, म जस्ता अपाङ्ग साथी जान्छ कि जादैन ? हामीलाई पुनःस्थापना केन्द्रले समावेस गराएर लान सक्छ कि सक्दैन ? भन्ने कुरा बुझ्न आकाश भाइलाई अराएँ । आकाशले तिन जना स्पाइनल कर्ड इन्जुरी भएको व्यक्तिहरूपनि जाने रहेछ, तपाईंको नाम सहित मैले सबै कुरा मिलाएँ भनि जानकारी दियोँ । म ज्यादै खुशी भए ।

२०७१ साल जेठको पहिलो हप्ताको शनिवार हामी अपाङ्गता भएका चार जना सहित र्या्फ्टिङ्गको लागि भोटेकोशी तर्फ प्रस्थान गर्यौ । जिन्दगीको यात्रामा जस्तै हामी एकदिनको लागि गाडिको यात्रा गर्दै थियौँ । जिन्दगीको यात्राको टुङ्गो लागेको थाह हुदैन थियो तर गाडिको यात्राको टुङ्गो लागिसकेको थियो । र्या फ्टिङ्ग गर्ने अनि पुरानो आफ्नो गुँडतिर फर्कने भनी । शुक्रबार राती देखी पानी परेको हुँदा कोशी बढेर र्याटफ्टिङ्ग गर्न नपाउने हो कि भन्ने चिन्ता सबैको मनमा थियो ।

हामी हिड्ने समयमा पानी पर्न छोड्यो । उत्साहित र रमाइलो गर्दै काठमाडौँ देखि भोटेकोसीको यात्रामा निस्कियौँ । साँगामा पुगेपछि एकछिन गाडी रोकेर खाजा खायौँ । फेरि हामी गन्तभ्य तिर प्रस्थान गर्यौ । फेरि पानी पर्यो । बल्ल बल्ल मौका मिलेको थियो र्या फ्टिङ्ग गर्न । पानीले बेलाबेला तर्साइरहेको थियो । तर, हाम्रो यात्रा रोकिएन ।
नेपाली भीर पाखा र रमाइलो बस्ति कट्दै हामी गन्तभ्यमा पुग्यौँ । पानीको बहाव पनि बढेको रहेन छ । हामी सबै खुसी भयौँ । पानी माथीको यात्राको लागि ह्वीलचियर डुवायर नहुने । र्यालफ्टिङ्ग डुङ्गा नै चाहिने । त्यसको लागि साथिहरूले चाजोँपाजोँ मिलाउने तर्फ लाग्नुभयो । त्यस समयमा नास्ता गर्यौ ।

र्याौफ्टिङ्ग गर्ने ठाँउ सम्म जानको लागि फेरि गाडी चढ्यौँ । हामीलाई दुई भागमा विभाजन गरी र्याौफ्टिङ्ग गराउने भयो । माथी अलि खतरनाक ठाँउमा पौडन सक्नेहरू र अलि तल नसक्ने ठुलो बच्चाहरू हामी चार जना सहित अरू बच्चाहरू । माथी खतरनाक ठाउँबाट अरू साथीहरू पानी माथिको यात्राको मजा लुट्दै थियो । हामी पनि गाडीबाट हेदै मजा लिदै फर्कियौँ । जव सजिलो ठाँउमा आइपुग्यौँ । हाम्रो र्यागफ्टिङ्ग डुङ्गा तयारी अवस्थामा थियो । मेरो मनको ढुकढुकी वढ्न थाल्यो । कतै, र्याआफ्टिङ्ग गर्दा गर्दै दिशा फुत्कियो भने ? पिसाव चुह्यो भने ? के गर्ने ? मन वेचैन भयो । डर अनि खुसी दुवै एकै ठाँउमा भएको वेला दिमागले केहीँ काम गर्न पनि सक्दो रहेनछ ।

राफटिङ्ग डुङ्गा चढ्नु भन्दा अगाडी पिसावको पाइप छामे । पिसाव व्यागमा पिसाव नभएको देख्दा कतै लिक त भएन भनेर डर लाग्यो । छामी हेरेँ । चुहेको रहेनछ । अनि, पछाडी छामे । दिशा त फुत्कीपो सकेछ । उफ ! यसवेला मैले, विहानीपख भएपनि अन्धकार वाहेक केहीँ पनि देखिन । मेरो नयन भित्रको आशुको थोपारू वल्किन थाल्यो । आफ्नै जीवन देखेर आफैप्रति घृणा उत्पन्न भयो । न त्यहाँ सफा गर्नको लागि पानी नै थियो न वाथरूम ।बस भित्र कसरी सफा गर्ने ? सहयोगी भाई पनि थिएन । म दोधारमा परेँ । र्याभफ्टिङ्ग गरू या नगरू । नगरू भने र्यागफ्टिङ्गको लागिनै भनेर यत्रो बाटो आएकी म, गरू भने कसरी गरू ? उम्लिएको आँशुका थोपाहरू रोक्दै विचार मग्न भए एकछिन ।

म यस्तै संघर्ष गर्न जन्मिएकी हुँ भने किन संघर्ष नगर्ने ? ठुलो संघर्ष जन्मनुभन्दा पहिले गरिसकेकी छु । करोडौँ शुक्रकिटहरू मध निशेचन भएर जन्मिएकी हुँ । करोडौँ संघर्ष गरियो, जावो दिशा फुत्कदा म किन निरास हुने ? जसरी भएपनि मैले र्या फ्टिङ्ग गर्नुपर्छ भन्ने एक मात्र सोच रह्यो ।

शिव भाई सँग खान को लागि ल्याएको पानी मागेँ । म जस्तै मेरा साथी लालीको सहयोगमा मैले तलका सवै कपडा फुकालेँ । अनि, मेरा दिशा लतपतिएका भित्री कपडा फालिदिएँ । पानीले दिशा सफा गरेर अर्को भित्री कपडा लगाएँ । वोतलको पानी कति नै हुन्छ र ? पछाडिको भाग जिनतिनो सफा गदैमा सकियो ।

हात के ले पखाल्ने ? हात पखाल्नको लागि पानी थिएन । भोटेकोसीमा बगेको पानी मेरो जीवनको लागि काम लागेन त्यतिखेर । हात गनाउदै थियो । झोलाबाट लोसन निकालेँ । हातमा दलेर एकछिन माडेँ । तल र्यालफ्टिङ्ग डुङ्गा मेरो प्रतिक्षामा थियो । सहयोगी भाइका साथ र्याहफ्टिङ्ग डुङ्गा चढेँ । यदि मैले फुस्किएको दिशा सँग संघर्ष नगरेको भए न मेरो मन सुखीमा रमाउदथ्यो न म र्यायफ्टिङ्ग नै गर्थे । स्पाइनल कर्ड इन्जुरी भएको जीवन भइसकेपनि दिशा, पिसाव अनि, घाऊ सँग संघर्ष गर्नु हाम्रो दैनिकिपन हो । संघर्ष छ भन्दैमा बाहिर ननिस्केर बस्यौ भने जीवनको के नै अर्थ रहन्छ र ?

एक झिल्को आगोँ नपर्दा सम्म कुवाँ भित्रका तेल त्यतिकै रहिरहन्छ । जव, त्यहाँ आगोको एक झिल्को पर्छ उसले आफ्नो वास्तिविकरूप देखाउँछ । हामी अपाङ्ग भएका व्यक्तिहरूको पनि आफ्नै अस्तित्व र कला छ । शरीर विचलन ग्रस्त भएपनि मानसिकरूपले नौलो काम गरी अर्थपूर्ण जीवन वाँच्ने प्रयास गरौँ । अँध्यारो कुवाँ को तेल झै चुव लागेर नवसौँ । यस धर्तिमा जन्मनु नै हाम्रो जीत हो । अरू साना संघर्ष सँग कहिल्लै दुःख मनाउ नगरौँ । हामी करोडौँ शुक्रकिटलाई जितेर संसारमा आउन सफल एक विजेता हौँ । शरीर विचलन ग्रस्त जीवन भएपनि यसको सदुपयोग गरौँ । हामीले जन्मदै जितेको महायुद्ध लाई बिर्सेर यी साना साना युद्धको लागि दुःखी नबनौ ।

कपिमा क्यारक्यार केरेर लेखेको जस्तो सजिलो नहुँदो रैछ, साच्चै लेख्न । रमा बहिनीले लेख्नको लागि घच्घच्यायको कारण लेख्ने जमर्को मात्र गरेँकी हुँ । रमा बहिनीलाई विशेष धन्यवाद !!