प्लेन चढेर घर जाँदा


‘अाज नातिप्लेन चढेर अाउँदैछ रे’, मावलि हजुरबाले बिहानै मामालाइ सुनाउनुभएछ ।

‘अाज मेराे छाेराे प्लेन चढेर अाउँछ’, मेरी अामाले गाउँमा सबैलाइ भन्नु भएछ ।

मेरी अामा र मावली हजुरबाले मेराे प्लेनकाे यात्रालाइ अलि बढि नै चर्चा गर्नु भएछ । गाउँमा सानाेतिनाे तरङ्ग नै गएछ । घरमा पुग्दा क्यान्सरले थलिएकी मेरी अामा मलाइ देखेर अत्यन्तै खुशी हुनुभयाे । यसपाली छाेराेले कुनै युद्ध नै जितेर अाएझैँ गर्वकाे महसुस भएकाे थियाे उहाँलाइ ।

अव अाफ्नाे गरिबीकाे दिन गए भन्ने परेछ अामालाइ । अब छाेराेले अाफ्ना सपना सबै पुरा गरिदिनेछ भन्ने लाग्याे हाेला बरै मेरी अामालाइ । सानामा अाफुले खाइनखाइ पढाएकाे, हुर्काएकाे र काठमाडाैँ पठाएकाे पक्कै काम लाग्याे भन्ने लाग्याे हाेला । बर्सेनी टाल्नुपर्ने छानाे, बाछिटाले मक्काएका झुप्रे घरका भित्ता अब छाेराले फेर्ने छ । अब नयाँ घर बन्नेछ भन्ने लाग्याे हाेला ।

अामालाइ भेट्दा मेरा अाँखा रसाएर अाए । अामाका अाँखामा सजिएका सपनाहरू सबै पुरा गर्न पाए कस्ताे हुँदाे हाे,भक्कानाे फुटेर अायाे ।

परीक्षाकाे रकम तिर्नलाइ पचास रूपिँया गाँउभर खाेज्दा पनि नपाएका कुरा, मलाइ पढाउनलाइ श्रीमानले विवाहमा लगाइदिएकाे तिलहरि बेचेकाे कुरा, अादि धेरै कुराहरू राति अबेरसम्म गर्नुभयाे । सायद उहाँलाइ लागेकाे हुनुपर्छ, यहि अवसर हाे छाेरालाइ भन्ने किनकी छाेराे प्लेन चढ्ने भइसकेकाे छ ।

यता अाफूभने अफिसकाे कामकाे शिलशिलामा केहि पटक बुद्ध एयरकाे सयर गर्ने माैका पाएकाे र त्यही एयरले दिएकाे माइलेज सुविधाकाे फाइदा उठाएर सित्तैमा प्लेन चढेर गएकाे थिएँ ।

म जस्ता अाैसत अाय भएका नेपालीले प्लेन चढ्ने दिन पनि अवस्य अाउने छ र कसैले प्लेन चढेकै अाधारमा काेहिकाे अार्थिक अवस्था राम्राे भएकाे भनी अड्कल काट्ने दिन पनि जानेछ ।

मेरी अामाका सबै सपनाहरू चाडैँ पुरा हून् ।



Anniversary Message


It was my Anniversary Message to my wife. I wrote it in 2012.

Walking together with you for seven years has given me abundant inspiration, sense of responsibility and meaning of life and love. Hadn’t it been for you, I would be incomplete and insensible. Your love, care and dedication have made a tremendous impact in my life. I can never forget the moments you cared for me even though you yourself were sick. You held my hands for the first time at Ekantakuna with tears in your eyes. You gave me such a wonderful son and a lovely family. You looked after my mother when she was sick. You did my college works (admission, submitting assessment and library works). You loved me more than life. You sacrificed your wish and desire just for my happiness. It was me, who should be buying you gold rings, necklace, earrings etc., but it was you who happily sold your necklace for the TV and other ornaments for the loans my parents had to pay. You taught me what the love and responsibility are. You encouraged me to study further. You have made a tremendous impact in my life.

I am thankful to God that he has given me the best wife. In spite of all, you have done for me, I being poor can do nothing for you! Sorry for that!


I want to quote a poem from W. B. Yeats just for you.

Had I the heavens’ embroidered cloths,

Enwrought with golden and silver light,

The blue and the dim and the dark cloths

Of night and light and the half-light,

I would spread the cloths under your feet:

But I, being poor, have only my dreams;

I have spread my dreams under your feet;

Tread softly because you tread on my dreams.

With a lot of love, I wish you Happy 7th Marriage Anniversary!

How to use textbook effectively?


A short reflection on using textbook effectively: the Nepalese context.

“I have to cover the syllabus.”

“I have no time to do the activities suggested by the trainers as I have to cover the course book.”

“I have to teach 3-4 books viz. Main course book, Grammar book, Conversation book and literature.”

These are some of the reasons given by the English teachers for not following the advice given in the training. I could not shun these comments by simply labelling them mere pretence of apathetic educators. The contents of the educators were not simply weaving some elusive story-lines, they contain latent despair. They are heavily burdened with the unnecessary collection of textbooks, distressing time-table, and a meagre salary. The list may continue.

They constantly leap from one book to another not knowing what to do with so many books. They find numerous overlaps, but cannot do anything to supersede this. Most of the educators do not know what to do with this. They do not have a choice but to follow the directives of the school administration and course book writers.

There are many school level textbooks available in the market in different size and colours. Most of them claim to cover the contents prescribed by CDC and ironically many of them fail to comply. However isolated these books might seem from the curriculum, they contain everything necessary for language learners. These books are carefully graded and contain Listening, Speaking, Reading and Writing. Vocabulary and grammar contents are embedded in these textbooks. Teaching one textbook creatively is enough for achieving the aim of the curriculum, but the students are burdened with at least 2/3 books. The teachers embark on the journey of covering all the contents of these books from the beginning of an Academic Year and hence no creativity.


Fig. an example of course content (Better English, Koselee)

What can the teachers do to avoid this?

  • Do not consider the textbooks as the Bible as if you cannot alter a single word. Unfortunately, this is the case to most of the teachers in Nepal.
  • It is not necessary to have a separate book to teach grammar. It can be used as a reference book as the main course books cover the grammar content.
  • Prepare the scheme of work so that you can have a road-map for your lesson. This helps to avoid unnecessary overlaps.


Fig.2. an example of unit plan
  • SARS the textbook:
    • SELECT the materials that are appropriate and useful for your students.
    • ADAPT some materials to suit your students’ needs and background.
    • REJECT materials that are unsuitable
    • SUPPLEMENT the course book with material of your own or from other books (e.g. resource books)

These suggestions cannot solve all the problems teachers are facing in teaching English Language Teaching but can ease the burden. Happy TEACHING!


SARS: Select, Adapt, Reject and Supplement

CDC: Curriculum Development Center

११ वर्ष सँगसँगै


अाफै बाँचिरहेकाे अाभाष हुन्छ सधैँ, यी पलहरूमा उनी बाँच्दा
अाफै हाँसिरहेकाे अाभाष हुन्छ सधैँ, दन्त लहर खाेली उनी हाँस्दा

जीवनमा सुखद एकदशक सँगै पार गरिसकेपनि
अाफै नाचेकाे अाभाष हुन्छ , संगितकाे तालमा उनी नाच्दा

साथ, स्नेह र मायाले निथ्रुक्क भिजाइदिएकाेले हाेला
अामाकै काखमा पुगेझैँ लाग्छ, नरम बाहुले छातिमा टाँस्दा

सबै जीवन सुम्पिएर त्याग र समर्पणकाे उदाहरण बनेपछि,
संसारका सबै नापहरू बेकार लाग्छन्, उनकाे प्रेमकाे गहिराइ नाप्दा
अाफै हाँसिरहेकाे अाभाष हुन्छ सधैँ, दन्त लहर खाेली उनी हाँस्दा ।


सबले आँखा चिम्लिदिंदा हाम्रो भेषै रोयो रे,
तिम्ले नाका थुनी दिंदा देशै रोयो रे !

तराइको तापले सेक्दा उम्किने ठाउँ थियो,
हिंउको स्पर्श नपाएर तराइको केशै रोयो रे !


अलैंची र यार्शागुम्बा तराइमा झर्दा,
मित्रसंग भेट्न नपाइ तराइको फांट तेसै रोयो रे !

ग्यास, पेट्रोल आदि नपाएर गरिब मरे पनि,
उनको घरमा भोज चले बेशै भयो रे !

मैले चिनेको गुरुबा

मिलन न्यौपाने, वेथशालोम पुतलीसडक चर्च

म आज जुन अवस्थामा छु त्यो अवस्थामा आइपुग्नुमा एकजना व्यक्तिको ठूलो लगानी छ, उहाँ अरु कोही नभएर पा. एम.जे.जोसेफ हुनुहुन्छ। परमेश्वरले भन्नुभयो , “म तलाई शिक्षा दिनेछु तँ कुन मार्गमा हिँड्नुपर्ने सो म सिकाउने छु” (भ.सं. ३२:८ क)
मेरो जीवनमा सो सिकाउने व्यक्ति गुरुबा पा. एम.जे. जोसेफ हुनुहुन्छ । उहाँलाई परमेश्वरले त्यो कुरा मेरो लागि भनेर दिनुभयो । मैले गुरुबालाई आजभन्दा ८ वर्ष अगाडि देखि चिनेको हुँ अर्थात २०६० असोज महिनाको २४ गते शनिबार पहिलो पल्ट गुरुबासँग मेरो भेट वेथशालोम पुतलीसडक चर्चमा भएको थियो ।
उहाँकै कारण म वेथशालोमको सक्रिय जवानकोरुपमा अगाडि बढिरहेको छु । ममा ख्रीष्ट र मण्डलीप्रतिको सक्रियताको भोक उहाँले नै जगाउनुभयो । मेरो जीवनमा उहाँको हौसला, उत्साह, प्रेरणा दिने एकमात्र असल बुबा हुनुहुन्थ्यो उहाँ । जसको कारणले गर्दा आज म परमेश्वरमा बढ्न र हुर्कन पाएको छु । पा. गुरुबाबाट नै मैले प्रभु येशुलाई मेरो मुक्तिदाता र प्रभुको रुपमा आजभन्दा सात वर्ष अगाडि २०६१ पुष १ गते शनिबार ग्रहण गरेको थिएँ ।
त्यस समयदेखि नै म उहाँसँग नजिक हुने मौका मिल्यो । सेवा सँगतिमा निरन्तरताको लागि उहाँको हौसला धेरै नै महत्त्वपूर्ण थियो । परमेश्वरको वचनबाट हरदम सिकाइरहनु भयो । कुनै दिन भेट नभएमा सोधखोज गरिरहनु हुन्थ्यो । उहाँ मण्डलीका विस्वासीहरुको सधैँ वास्ता गर्नुहुन्थ्यो । उहाँ मेरो जीवनमा एक असल गोठालोकोरुपमा, असल परमेश्वरको दासकोरुपमा, परमेश्वरको वचनलाई असलरुपमा बुझाउने शिक्षककोरुपमा र प्रत्येक विश्वासीको दु:खमा साथ दिने व्यक्तिकोरुपमा रहनुभयो ।
बाइबलले भन्दछ “तिमीहरुमा त्यस्तो मन होस् जो ख्रीष्ट येशूमा पनि थियो ” (फिलिप्पी २:५) हो यस्तै मन गुरुबामा थियो । उहाँको प्रार्थनाको जीवन अविस्मरणीय थियो । मण्डली, देश, प्रत्येक विश्वासी, छिमेकी, रोगी बिमारी आदि उहाँका प्रार्थनाका नियमित विषय हुन्थे । मैले उहाँसँग लामो समय प्रार्थनामा, उहाँ वचन सुनेर बिताएको छु । यहाँसम्मकी बेलुका ९ बजे देखि विहानको ३ बजेसम्म परमेश्वरको वचन सुनेर र प्रार्थना गरेर बिताएको छु ।
गुरुबाले हामीलाई २०६७ असोज १५ गते शुक्रबार दिउँसो तीन बजे छोडेर जानुभयो। उहाँले हामीलाई छोडेर गएता पनि उहाँले दिएको कुरा आजपनि हाम्रो हृदयमा, नसानसामा र पुस्तौँसम्म रहिरहने छ । उहाँ हाम्रो हृदयमा अमर रहनु हुनेछ । परमेश्वरलाई महिमा होस् ।